प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ । काठमाडौँबाट पोखराका लागि चारजना चालकदलका सदस्यसहित ६८ जना यात्रु रहेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण …