खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या हटेर जाने बताएका छन् । प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास र नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिषर क्षेत्रमा प्रत्येक वर्ष आउने बर्षातको फोहोर पानी र ढललाई व्यवस्थापन गर्न शुरु भएको निर्माण कार्यको मंगलबार शिलान्यास गर्दै मन्त्री चौधरीले अब ढलको समास्या समाधान हुने बताएका हुन् । काठमाडौं महानगरपालिका वडा नं २, ३ र ४