म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । गएराति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएसँगै म्यानचेस्टर युनाईटेड बाहिरिएको हो । स्पेनमा भएको पहिलो लेगमा युनाईटेड र एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका थिए । तर, घरेलु लेगमा युनाईटेड पराजित भयो । युनाइटेडलाई हराएसँगै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ । ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जिताउन खेलको ४१ औँ मिनेटमा रेनान लोडीले निर्णायक गोल गरे । यस्तै, गएराति नै भएको अर्को खेलमा पोर्चुगिज क्लब ब...

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

युरोपेली च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडलाई हरायो गालातासारायले

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले दोश्रो हार व्यहोरेको छ। म्यानचेस्टर युनाइटेड गालातासारायसंग ३-२ ले पराजित भएको छ।...

म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख च्याम्पियन्स लिगमा एकै समूहमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिग अर्थात् युरोपेली च्याम्पियन्स लिगको एकै समूहमा परेका छन् । मोनाकोमा बिहीबार राती भएको ड्रमा यी दुई टोली एकै समूहमा परेका हुन्। समूह ए मा म्यानचेस्टर युनाइटेड, बायर्न म्युनिख, डेनमार्कको एफ.सि. कोपनहेगन र टर्कीको गालातासाराय परेका छन् । गत सिजनको विजेता म्यानचेस्टर सिटीको समूह जी मा […] The post म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख च्याम्पियन्स लिगमा एकै समूहमा first appeared on हाम्रो खेलकुद.

क्यासेमिरो म्यानचेस्टर युनाइटेड जाने

स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर क्यासेमिरो इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने भएका छन् । ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गर्ने सैद्धान्तिक सहमति भएको छ । ३० वर्षीय क्यासेमिरो सन् २०१३ मा रियल आएका थिए । यस क्रममा रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन् । जहाँ दुइ सय २२ खेलमा २४ गोल गरेका छन् ।क्यासेमिरो युनाइटेड  जाने भएसँगै पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोसँग पुनर्मिलन हुने भएको छ ।

एटलेटिको र म्यानचेस्टर युनाइटेड भिड्दै

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगमा मंगलबार एटलेटिको म्याड्रिड र म्यानचेस्टर युनाइटेड भिड्दैछन् । खेल नेपाली समयानुसार मध्यरात १:४५ बजे सुरु हुनेछ । दुवै टोलीको रक्षात्मक क्षेत्रमा खराब प्रदर्शन भइरहेका कारण आजको खेलमा निकै गोल हुने आँकलन गरिएको छ । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । […]

बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र एट्लेटिको मड्रिड

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा युनाइटेड र घरेलु टोली एट्लेटिको १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको सातौं मिनेटमा जोआओ फिलिक्सको गोलमा अग्रता बनाएको एट्लेटिको पहिलो हाफमा…

प्रशिक्षक बिहीन म्यानचेस्टर युनाइटेड जितसहित च्याम्पियन्स लिगको नकआउट चरणमा

प्रशिक्षक बिहीन म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। प्रशिक्षक बिना मंगलबार राति भएको समूह चरणको खेलमा म्यानचेस्टर युनाइटेडले भिल्लारियललाई २–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा समूह एफ को म्यानचेस्टर युनाइटेडका लागि ७८ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डो तथा ९० औँ मिनेटमा सान्चोले गोल गरे । दोस्रो गोलका लागि […]

म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो, भिल्ला रियलको सहज जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'एफ'को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एटलान्टा बराबरीमा रोकिएका छन्। एटलेटी अज्युरी डी'इटालिया स्टेडियममा सम्पन्न खेलमा युनाइटेड घरेलु टोली एटलान्टासँग २-२ को बराबरीमा रोकिएको हो। खेलको १२ औं मिनेटमा जोसिप इलिकको गोलमा एटलान्टाले अग्रता बनाएको थियो। यद्यपि पहिलो हाफको इन्ज्युरी…

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड विजयी

च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । बुधबार राति घरेलु मैदानमा युनाइटेडले एटलान्टाविरुद्ध ३–२ को जित निकालेको हो । पहिलो हाफमा एटलान्टा २–० ले अगाडि रहेपनि दोस्रो हाफमा युनाइटेड नतिजा उल्ट्याउन सफल भयो । युनाइटेडको जितमा मार्कस रासफोर्ड र ह्यारी म्याग्वुइरले युनाइटेड र क्रिष्टियानो रोनाल्डोले एक–एक गोल गरे । यसअघि पहिलो हाफमा एटलान्टाका मारियो पासालिक र मेरी डेमिरालले गोल गरेका थिए ।

च्याम्पियन्स लिग : कीर्तिमानी खेलमा रोनाल्डोको निर्णायक गोल

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले भिलारियललाई २–१ गोल अन्तरले  पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडका लागि खेलको अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । यस अघि म्यानचेस्टरका लागि एलेक्स टेलेक्सले खेलको ६० औं मिनेटमा गोल गरेका थिए । खेलको ५३ औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । च्याम्पियन्स लिग समूह चरणको दोस्रो खेलमा युनाइटेडको यो पहिलो जित हो । भिल्...