काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भन्सारलाई एकीकृत व्यापार एवं उद्योग प्रवर्द्धन केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै उनले भन्सारलाई राजश्व संकलन केन्द्रका रुपमा मात्रै लिनु नहुने बताए। उनले नेपालमा भन्सार बदनाम शब्दका रुपमा चिनिएको बताए। भन्सार मालदार अड्डा, पैसा कमाउने थलो, […]