‘बालबालिकालाई मनोसामाजिक समस्या हुन नदिन सिकाइको शैली परिवर्तन गरौँ’

कोरोना महामारी सुरु भएपछि नेपालमा वैकल्पिक सिकाइको रुपमा अनलाइन माध्यमबाट पढाइ सञ्चालन हुन थाल्यो । कोरोना महामारी सुरु नहुँदाको समयमा समेत विश्वका केही देशहरुले ठूला कक्षाका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाइ सञ्चालन गरेका थिए । प्रभावकारी नै थियो । तर साना कक्षाका बालबालिकाका लागि भने अनलाइन माध्यमबाट, पढाइको प्रयोग, खासै हुन सकेको थिएन । कोरोना भाइरस सङ्क्रमणका कारण गएको वर्ष जस्तै यो  वर्ष पनि  सहरी क्षेत्रका धेरैजसो विद्यालयहरुले अनलाइन माध्यमबाट पढाइ सञ्चालन गरिरहेका छन् । तयारी बिना नै अन...

सम्बन्धित सामग्री

न अहिलेसम्म न्याय पाइयो, न त राहत नै

नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका छैनन् । बलात्कार तथा यौजजन्य हिंसा भोगेका महिलाको जीवन अहिले पनि सुखद् छैन । देशमा शान्ति छायो, राजनीतिक परिवर्तन भयो, धेरै महिला नेतृत्वमा पुगे तर सशस्त्र द्वन्द्वमा बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिला आर्थिक, मनोसामाजिक समस्या भोग्नुका साथै अझै सामाजिक पुनःस्थापना हुन सकिरहेका छैनन् ।          सशस्त्र द्वन्द्वका बेला द्वन्द्वरत पक्ष र राज्यपक्षबाट भोग्नुपरेका जघन्य यातना र हिंसा भोगेका महिलाले न्याय पाएका छैनन् । महिलाले भोग्नुपरेको अन्याय विरुद्ध आजसम्म राम्रोसँग कुरा उठ्न नसकेको द्वन्द्वपीडित महिलाको गुनासो छ । द्वन्द्वमा हिंसा भोगेका कतिपय खुल्न चाहदैनन् भने कतिपयलाई उजूरी गरे न्याय पाइन्छ भन्नेसम्म पनि जानकारी छैन । देशमा शान्ति सम्झौता भएको दशकभन्दा लामो समय भयो र सशस्त्र द्वन्द्वरत पक्ष सरकारमा छ, तर द्वन्द्वका पीडितहरुको गुनासोको सुनुवाइ भने अझै पनि हुन सकेको छैन ।          नेपाल सरकारको तथ्याङ्कअनुसार सशस्त्र द्वन्द्वमा १७ हजार ८८६ व्यक्तिहरुले ज्यान गुमाउनु प¥यो । बेपत्ता पारिएकाको सङ्ख्या दुई हजार ५२१ छ । कति अपाङ्ग एवं घाइते अवस्थामा अहिलेसम्म बाँचिरहेका छन् । सशस्त्र द्वन्द्वको बेला महिलामाथि अनेकौ यातना, बलात्कार र यौनजन्य हिंसा द्वन्द्वरत दुवैपक्षबाट गरियो तर त्यसको यकिन तथ्याङ्क छैन । सत्य निरुपण तथा मेलमिलाप आयोगमा तीन सयभन्दा बढी उजूरी हिंसा सम्बन्धी छन् ।          कैलालीकी एक महिला अहिले ५० वर्षकी पुगिन् । सशस्त्र द्वन्द्वको त्यो बेला २०५९ सालमा उनी ३२ वर्षकी थिइन् । असारको महिना थियो उनका श्रीमान् बेपत्ता भए । घरबाट किनमेल गर्न जान्छु भनी हिँडेका श्रीमान् घर फर्किएनन् । दिन, हप्ता, महिना बित्यो श्रीमान् नआएपछि उनी बिरक्तिएकी थिइन् । ‘‘एकदिन चार जना युवा आए, हामी तिम्रो श्रीमान्का साथी हौँ, एक हप्तापछि घर ल्याइदिन्छौँ खाना पकाउ हामी भोकायौँ भने, सबैले खाना खाए, त्यसपछि पालैपालो बलात्कार गरे’’, उनी सम्झन्छिन्, ‘‘मेरो चार बच्चा थिए । बिरामी परेँ, एक हप्तासम्म बिस्तराबाट उठ्न सकिन तर अहिलेसम्म कसैलाई भनिन् ।’’          ‘‘त्यो घटनाको छ महिनापछि उनका घरमा प्रहरी हुँ भन्दै एकजना युवक आए । उनलाई प्रहरी आए मार्छन् भन्ने लाग्यो । ती युवकले पनि शारीरिक सम्बन्धको प्रस्ताव गरे, नदिए सुराकी हो भन्दै बच्चासहित मार्छौँ भने र इज्जत लुटेर गए । ती युवकले करिब आठ महिनासम्म निरन्तर उनको इज्जत लुटे । ‘‘कहिले हप्तामा, कहिले महिनामा आउँथ्यो, म त्यसको अनुसार अहिले पनि सम्झन्छु, निकै यातना दिएर सम्बन्ध राख्थ्यो’’, उनी भक्कानिँदै भन्छिन्, ‘‘बच्चाको मायाले सहिरहेँ, मर्ने डरले सबै सहनुप¥यो । अब अहिले कसरी भनौँ । ऊ को हो, के साच्चिकै प्रहरी हो ? वा कहाँको हो थाहा छैन, तर देखे चिन्छु ।’’