सबै देशका उडान बन्द, भारतसँग मात्रै किन खुल्ला ?

नेपाल सरकारले अन्य सबै देशबाट हुने हवाई उडानलाई प्रतिबन्ध लगाउँदै भारतसँग मात्रै सातामा दुईवटा उडान सुचारु राख्ने निर्णय गरेको छ । अहिले भारतमै सबैभन्दा बढी कोरोना संक्रमण भएको अवस्थामा अन्य देशको उडान बन्द गरेर भारतसँग चाहिँ सातामा दुई दिन उडान चालु राखिएको हो ।पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी अन्य देशको हवाई उडान बन्द गरेर भारतसँग मात्रै खोल्नुको कारण ‘एअर बबल सम्झौता’ भएको बताउँछन् ।गत मंसिरमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको उड्डयन प्राधिकरणबीच