यात्राको सहज विकल्प बन्दै जनकपुरको रेल

लामो प्रतीक्षापछि जयनगर–कुर्था रेल सेवा सञ्चालन भएसँगै जनकपुरलगायत धनुषाका सीमार्वती गाउँका स्थानीय बासिन्दालाई केही सहज भएको छ । आठ वर्षअघिसम्म चलेको न्यारोगेजलाई ब्रोडगेज रेल्वेले विस्थापन गरी सेवा सुरु गरिएकामा सीमापारि जयनगरका व्यवसायी पनि खुसी छन् । यो नेपालको एकमात्र रेल्वे लाइन पनि हो ।