काठमाण्डाै – नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ओली पक्षका कार्यकर्ताले गरेका प्रदर्शन र उग्र क्रियाकलाप तत्काल रोक्न माग गरेको छ ।
नेपाल पक्षको आज बुधवार बसेकाे स्थायी कमिटीको बैठकले एकता प्रक्रिया चलिरहेको अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाललाई भौतिक कारबाहीको धम्की दिने, चर्का नाराबाजी गर्ने, पुतला दहन गर्ने लगायतका गैर राजनीतिक क्रियाकलाप आपत्तिजनक भएको निष्कर्ष निकालेको छ ।
आफ्नै पार्टीका नेताहरूलाई धम्की दिने, शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई आतङ्कित पार्ने लगायतका गतिविधि हुनु...