कास्की – पार्टीको नीतिप्रति असहमति जनाउँदै पालिका चुनावमा पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिनुभएका कांग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएकाे छ । उम्मेदवारी फिर्ता लिएसँगै उहाँले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताउनुभएकाे छ । कार्कीले आज साेमवरा प्रेस विज्ञप्ति निकालेर पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नाे उम्मेदवारी निष्क्रिय भएको उल्लेख गर्नुभएकाे छ । ‘साथीभाइको सल्ला...