नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बचाउ गरेका छन् । संसद पुनर्स्थापनाको फैसला गरेर राम्रो काम गरेको भन्दै उनले प्रधानन्यायाधीशको प्रशंसा गरे ।विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरै नगर्नुहोस्, राम्र