एनसेलले ल्यायो नयाँ प्रिपेड स्टार्टर प्याक, एनसेल सेन्टर र पीओएसबाट किन्न सकिने

एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकलाई मध्यनजर गर्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको छ ।

सम्बन्धित सामग्री

एनसेलले ल्यायो ‘मज्जाको प्लान’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकलाई लक्षित गरी डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ‘मज्जाकोे प्लान’ ल्याएको छ । आज (शुक्रवार)देखि सञ्चालनमा आउने यो योजना ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस)बाट खरीद गर्न सकिने कम्पनीले जानकारी दिएको छ । ग्राहकले प्याक करसहित रू. ५९९ मा खरीद गर्न सक्नेछन् । यो प्याकअन्तर्गत २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सकिनेछ । प्राप्त सुविधा सुचारु भएको २८ दिनसम्म मान्य हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो प्लान सुचारु गर्ने ग्राहकले रू. २०० वा सोभन्दा माथिको रिचार्जमा १० प्रतिशतसम्म बोनस पनि प्राप्त गर्न सक्नेछन् ।