नेपालमा टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । टिभिएस मोटर कम्पनीले नेपालमा टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ ।  २२५ सिसीको यो मोटरसाइकलमा आधुनिक डिजाइन र प्रविधि अद्वितीय मिश्रय रहेको कम्पनीले जनाएको छ । सहरी क्षेत्रका नयाँ पुस्ताका सवारीचालकहरूका लागि यो मोटरसाइकलल नयाँ सवारी अनुभव दिने कम्पनीको भनाइ छ । मोटरसाइकलमा भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधा रहेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यो मोटरसाइकल नेपाली बजारमा ४ लाख ४९ हजार ९०० रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  लन्चबारे कम्पनीका हेड बिजनेस विमल सुम्ब्लीले भने, ‘टिभिएस रोनिन अनस्क्रिप्टेड लाइफस्टाइल राइडरहरूका लागि डिजाइन गरिएको हो । आज टिभिएस रोनिन काठमाडौंमा लन्च गर्न पाउँदा हामी निकै हर्षित छौं र यसले नेपालका धेरै युवा राइडरलाई आधुनिक रेट्रो मोटरसाइकलको सहज सवारप्रति प्रोत्साहित गर्नेछ भन्ने कुरामा विश्वस्त छौं ।’