बहराइनमा आन्दोनरत नेपालीसहित आप्रवासी श्रमिकहरु काममा नफर्किएको भन्दै कम्पनीको व्यवस्थापन पक्षले उनीहरुमाथि कुटपिट गरेको छ । नासिर सिड अलहाजरी कार्पोरेशनको व्यवस्थापन पक्षले कोठाभित्र बसिरहेका बेला आफूहरुमाथि आक्रमण भएको त्यहाँ कार्यरत नेपाली श्रमिकहरुले बताएका छन् ।