नवराज पौडेल, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका १ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।
बिहीबार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ५०७५ नम्वरको ट्रकले चैनपुर स्वर्गद्धारी गेट अगाडि ठक्कर दिँदा शिवराज नगरपालिका १ चैनपुर निवासी ५० बर्षीय हाउ थारुको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
ठक्कर दिने ट्रक चालक प्रहरीको नियन्त्रमा रहेका छन् । बाक्लो हुस्सुका कारण घटना भएको ट्रक चालकलाई उद्धृत गर्दै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताउनु भयो ।
तराईमा बाक्लो हुस्सु लागेकाले गति सिमीत गरि सवारी चलाउन समेत उहांले आग्रह गर्नुभएको छ ।