काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गरी फौजदारी अभियोगमा कारबाही अघि बढाउन विवेकशील साझा युवा संगठनले माग गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेस हुने अघिल्लो रात (जेठ १४ गते) अर्थमन्त्रालयमा अर्थमन्त्रीकै स्वीकृतिमा दुईजना अनधिकृत व्यक्तिहरूले आर्थिक विधेयकमा करको दायरा हेरफेर गरेको भन्दै संगठनले अर्थमन्त्री शर्मालाई पदबाट बर्खास्त गरी कारबाही गर्न विज्ञप्तिमार्फत् माग […]