कोरोना महामारी अवधिको दुई वर्षमा हिन्दी भाषी फिल्म निर्माण गर्ने बलिउड फिल्म उद्योगले ठुलो नोक्सान बेहोर्यो । कोरोना महामारीको दुई वर्षमा बलिउडले २१० अर्ब भारु घाटा बेहोर्यो । बक्स अफिस कमाइमा झन्डै ८० प्रतिशतले गिरावटले यो स्थिति निम्त्याएको थियो । सन् २०२२ मा पनि बलिउड फिल्म उद्योगले केही खास हुने आशा गरिएकोमा पहिलो ६ महिना त्यति आसाप्रद देखिएको छैन । वर्षको पहिलो ६ महिनामा दर्जनौँ साना, ठुला हिन्दी फिल्म रिलिज भए । ती सबैमा गरेर करिब १६ अर्ब भारु लगानी थियो । तर तीमध्