निजामती अस्पतालका कार्यकारी निर्देशकका उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक

सिफारिस समितिले संक्षिप्त सूचीमा परेका उम्मेदवारलाई आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन आग्रह गरेको छ। उम्मेदवारहरूले शैक्षिक योग्यताका प्रमाणपत्रको सक्कल र प्रतिलिपिसहित व्यावसायिक कार्ययोजनाको हार्ड कपी र सफ्ट कपी लिएर तोकिएको समयभन्दा ३० मिनेटअघि उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।