लुम्बिनी प्रदेशमा संघका ३ र प्रदेशका ६ मन्त्री चुनावी मैदानमा

तेजेन्द्र केसीबुटवल । लुम्बिनी प्रदेशमा बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा होमिएका छन् । तीमध्ये ३ जना संघीय मन्त्री छन् भने ६ जना प्रदेश सरकारका मन्त्री हुन् ।बाँके क्षेत्र नम्बर २ बाट भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाँण र दाङ क्षेत्र नम्बर १ बाट सहरी विकास मन्त्री मेटमणि चौधरी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् । २०७४ को निर्वाचनमा खाण समानुपातिकतर्फबाट निर्वाचित भएका थिए भने राई र चौधरी अहिले उठेकै निर्वाचन क्षेत्रबाट