पोर्चुगलको संसदीय निर्वाचनमा समाजवादी पार्टीलाई अनपेक्षित बहुमत

१७ माघ, काठमाडौं। पोर्चुगलमा आइतबार भएको संसदीय निर्वाचनमा सत्तारुढ समाजवादी पार्टीले अनपेक्षित बहुमत प्राप्त गरेको छ । प्रधानमन्त्री एन्टोनियो कोस्टाको मध्य-बामपन्थी दल सोसलिस्ट पार्टीले २३० सिटका लागि सम्पन्न संसदीय निर्वाचनमा ११७ सिट जितेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। योसँगै अघिल्लो चुनावमा १०८ सिट जितेको सत्तारुढ दलले प्रस्त बहुमत प्राप्त गरेको छ । कोभिड-१९ को महामारीबीच […]

सम्बन्धित सामग्री

चन्द नेतृत्वको नेकपा विभाजित, बास्तोलाको नेतृत्वमा नेकपा पार्टी गठन

वैशाख २६, काठमडौं । पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्टि पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ ।  सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ ।  कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्विकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताए ।  उनले नयाँ आफ्नो पार्टीको कार्यनीति वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने रहेको योजना रहेको स्पष्ट पारे । संयोजक बास्तोलाले भने, ‘महासचिव विप्लव समूहले कतिपय केन्द्रिय सदस्यहरुलाई नै एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा उठाउने जस्तो संसदवादमा लालायित भएपछि आफूहरुले जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेका हौं । संक्षेपमा यो पार्टीको मुल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु हो ।  त्यसका लागि हामीले समृद्धि र स्वाधिनताको नारालाई अघि सारेका छौं । केपी ओली, प्रचण्डहरुले लिएको बाटोबाट मुलुकमा जनवादी क्रान्ति सम्पन्न नहुने देखेपछि आफूहरुले बहुमतले विप्लवलाई छोडेर नयाँ पार्टी बनाएका हौं ।’ सो पार्टीले पत्रकार सम्मेलनमा जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरी नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरु प्रतिवद्ध रहेको पनि जानकारी दिएको छ ।

पार्टीबाटै निकालिए विप्लव, बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) गठन

काठमाडौं : पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसद्‍वादमा फस्न लागेको भन्दै असन्तुष्टि पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी दिए।कतिपय केन्द्रिय सदस्यहरूलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्विकार गर्दै आफूहरूले नयाँ पार्टी गठन गर्नु परेको बास्तोलाले बताए।उनले नयाँ आफ्नो पार्टीको कार्यन

केपी ओलीबाट लोकतन्त्र बच्दैन : राजेन्द्र श्रेष्ठ

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट लोकतन्त्रको सुरक्षा हुन नसक्ने बताएका छन् ।  पाँचदलीय गठबन्धनले आज शान्ति वाटिकामा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले ओलीबाट लोकतन्त्र खतरामा परेको बताए । ‘उखान टुक्का सुनेर, राम्रा राम्रा हास्य व्यङ्ग्य सुनेर स्थानीय निर्वाचनमा केपी ओलीको पार्टीलाई बहुमत दिलाए, संसदीय चुनावमा पनि बहुमत दिए, तर के भयो देख्यौँ,’ श्रेष्ठले भने, ‘केपी ओलीबाट लोकतन्त्र बच