बाँदर आतंकले हैरान बाली जोगाउन सकेनाैं

तनहुँको बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया राना मगरले केही वर्ष अगाडि तरकारी खेती गर्थिन् । रानालाई तरकारी खेती जोगाउनै मुस्किल थियो, कारण बाँदर आतंक । “बाँदरको आतंकले दिक्क बनायो, दुःख गरेर खेती गर्‍यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने,” रानाले गुनासो गरिन्, “जति गरे पनि बाँदरबाट खेती जोगाउनै सकेनौ ।” तरकारी, मकै लगाएको खेतमा चौबिसै घण्टा निगरानी […]