सरकारी सम्पत्ति मर्मतसम्भारको मापदण्ड नबनाई बर्सेनि करोडौं खर्च

काठमाडौं। सरकारी सम्पत्ति मर्मतसम्भार गर्ने मापदण्ड नबनाई सरकारी निकायले सम्पत्ति सम्भारमा बर्सेनि करोडौं रुपैयाँ खर्चेको पाइएको छ।महालेखापरीक्षकको कार्यालयको अध्ययनले सरकारी भवन मर्मतसम्भारमा आ.व. २०७३/७४ मा ८१ करोड ९४ लाख, २०७४/७५ मा ८१ करोड ९४ लाख र २०७५/७६ मा ६९ करोड ९३ लाख १६ हजार खर्च भएको देखाएको छ। तर भवनको नियमित, आवधिक मर्मतसम्भारको मापदण्ड तयार भने तयार गरिएको छैन।