जसले ७८ वर्षमा नागरिकता पाए

साेलुखुम्बु- साेलुखुम्बुका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन्। विसं २००१ चैत ३ गते जन्मिएका सोताङ गाउँपालिका-१ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। आफन्त सबै गुमेकाले एक्लो रहँदै आएका उनी सनाखत गर्ने व्यक्तिसमेत नहुँदा नागरिकता पाउनबाट वञ्चित भएका थिए। उनले जनप्रतिनिधिको पलहमा नागरिकता बनाएका हुन्। […]