काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सुरु भएको चुनावी प्रक्रिया स्थगित भएको छ ।
माओवादीले आज बेलुका आठ बजेदेखि राति साढे १० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गराउने समय तोकेर चुनावी कार्यतालिका सार्वजनिक गरेको थियो । तर सकभर सहमतिमै नेतृत्व टुङ्ग्याउने भन्दै भोलि दिउँसो साढे एक बजेसम्मको लागि चुनावी कार्यक्रम स्थगित गरिएको नेता रामनारायण विडारीले जानकारी दिनुभयो ।
१५ जना पदाधिकारी र दुई सय ९९ जना केन्द्रीय सदस्यको लागि माओवादीको केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यक्रम स...