गदगद हुन मन छ भने जनगणनाको तथ्याङ्क पढ्नुहोस्

आफ्नो खल्ती र देशको ढुकुटी उस्तै उस्तै, रित्तोमा रित्तो । आम्दानीभन्दा खर्च दोब्बर । खाइरहेको जागिर कुनबेला खुस्कने हो पत्तो छैन । सुकिलोमुकिलो भएर काम गरिरहेको बानी, मैलोधैलो भएर खेतबारीमा काम गर्ने जाँगर पनि मरिसक्यो । देशलाई सिङ्गापुर जस्तै समृद्ध बनाउँछौँ भन्नेहरु आफैँ समृद्ध हुन सिंहदरबार र बालुवाटारको दौडधुप गरिरहेका बेला तपाईँहाम्रो पालो आउने कहिले–कहिले ? जता फर्के पनि निराशलाग्दो र अत्यासलाग्दो अवस्थाले दुःखी हुनुहुन्छ भने खुशी हुने उपाय खोज्नुहोस् । दुःखी हुने जति धेरै कारण छन्, त्यति नै उपायहरु ...