गायक प्रकाश सपुतलाई दोस्रो सन्तानको रुपमा पुत्रलाभ

गायक प्रकाश सपुतको दोस्रो सन्तानको रुपमा पुत्रलाभ भएको छ । सपुतको छोरा भएको उनकी दिदी शान्ति सुनारले जानकारी दिइन् ।उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । उनीहरुको सात वर्षअघि पहिलो सन्तान छोरी भएकी थिइन् ।