अमेरिकामा महँगी गत महिनामा तीव्र रूपमा बढेको छ । बढ्दो ऊर्जा र खाद्यान्नको मूल्य वृद्धिका कारण मुद्रास्फीति सन् १९८१ यताकै उच्च भएको छ ।श्रम विभागका अनुसार अप्रिलमा स्थिति ठिक भएपछि मे मा वार्षिक मुद्रास्फीति ८.०६ प्रतिशत पुगेको छ ।बढ्दो महँगीले परिवारलाई समस्यामा पारेको छ भने सरकार मुद्रास्फीति नियन्त्रण गर्न दबाबमा छ ।यससँगै अमेरिकी केन्द्रीय बैंकले मार्चदेखि ब्याजदर बढाउने भएको छ ।विश्लेषकहरूले मूल्य घटाउन केही कदम चालेको आशा गरेका थिए तर रुस र युक्रेनबीचको युद्धले कच्चा तेल र गहुँजस्ता वस्तु