तरकारीको बोरामा लुकाएर सर्लाहीबाट काठमाडौंमा लागुऔषध ओसारपसार

लागु औषध कारोबारीले तरकारीको बोरामा लुकाएर लागुऔषध कारोबार गर्ने गरेको थाहा भएको छ । लागुऔषध नियन्त्रण ब्यूरोले जडिबुटीबाट ३ जना र उपत्यकाका विभिन्न ठाउँबाट ७ जनालाई पक्राउ गरेको छ । आरोपीहरुबाट ब्यूरोले १ हजार १८० बोतल डाइलेक्स डिसी बरामद गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका २१ वर्षीय विपिन कुशवाह, रौतहट घर भएका २५ वर्षीय सुभाष राययादव र सर्लाही घर भएका १९ वर्षीय मोहमद आसफाक आलम छन् । उनीहरुले प्रदेश–२–०३–००१ च २५०९ नम्बरको गाडीमा तरकारीको बोरामा लुकाएर लागुऔषध ल्याएक