कोरोना संक्रमित सांसदबारे मन्त्रिपरिषद् बैठकको निर्णय

सरकारले प्रधानमन्त्रीको विश्वासको मत लिनका लागि बस्ने प्रतिनिधिसभा बैठकमा कोरोना संक्रमित सांसदहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नबारे निर्णय लिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संक्रमित सांसदको लागि छुट्टै मतदानस्थलको व्यवस्थापन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनीहरुलाई संसद भवनभित्रैको एक ठाउँमा व्यवस्थापन गरिने बताइएको छ । प्रतिनिधिसभाका १८ सांसदमा कोरोना संक्रममण पुष्टि भइसकेको छ । प्रतिनिधिसभा बैठक वैशाख २७ गते बस्दैछ ।