नबिल बैंकको सीईओको रुपमा ढुङ्गानाले सम्हाले कार्यभार

नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आज शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । बैंकको असार १६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गानालाई नियुक्त गरेको थियो । बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव भएका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए। भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सिए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सिपिए) तथा वित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच र सन् २०१५ मा म्यानेजर अफ दि ईयर विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए।  उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा बैंकले लिएको छ ।  

सम्बन्धित सामग्री

नबिल बैंकमा ज्ञानेन्द्र ढुंगानाले सम्हाले सीईओकाे जिम्मेवारी

काठमाडौं । नबिल बैंकमा ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार सम्हालेका छन् । आजबाट ढुंगानाले कार्यभार सम्हालेका हुन् । नेपाल बंगलादेश बैंक र नबिल बैंक गाभिएपछि ढुंगानालाई नबिलमा सीईओ दिने निर्णय सञ्चालक समितिले गरेको थियो । ढुंगानाको बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव रहेको छ । उनी एनबीमा १० वर्ष सीईओ रुपमा काम […]