थ्रेसहोल्डको ह्याङओभर कहिलेसम्म ?

थ्रेसहोल्डको बारेमा आख्यान दिने विज्ञहरूले सामान्यतया दिने तर्क हो ‘स्थिरतालाई प्राथमिकता ।’ उहाँहरूले भन्ने गरेको यस्तो स्थिरताको अर्थको अन्तर्य राज्य सञ्चालन तथा त्यससँग सम्बन्धित क्रियाकलापमा यथास्थितिसँग मात्र जोडिएर सीमित रहेको हुन्छ । सत्तामा रहेकाहरूलाई सघाउने स्थिरता नै यहाँनेर देशको लक्ष्य र प्राथमिकताको रूपमा परिभाषित गरिएको हुन्छ । आफूले मन पराएको शासक वा शासक समूहको स्थिर शासनले यस्ता विज्ञहरू स्थिरतापूर्वक स्वार्थलाभ गरिरहने अवसर पाउने हुँदा यस किसिमको स्थिरताको पक्षमा व