निर्मल पुर्जालाई चितवनमा सम्मान गरिने

कृतिमानी हिमाल आरोही निर्मल पुर्जालाई सम्मान गरिने भएको छ । बिहीबार उहाँलाई यहाँ सम्मान गर्न लागिएको हो । निर्मल पुर्जा स्वागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुरले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पुर्जालाई सम्मान गर्न लागिएको जनाएको हो । उनी गृहजिल्ला आएको समयमा स्वागत तथा सम्मान गर्न लागिएको समितिका अध्यक्ष हरिकुमार गुरुङले बताए । उनका अनुसार पुर्जाको सम्मानका लागि चैत १० गते दिउँसो १ः३० बजे भरतपुर विमानस्थलमा स्वागत, २ बजेदेखि लायन्स चोकबाट पुलचोक, पोखरा बसपार्क, रामनगर