आर्थिक गतिविधिमा अवरोध हुँदा भारतमा स्मार्टफोनको विक्री घट्यो

साउन ७,  नयाँदिल्ली (भारत) । भारतमा स्मार्टफोनको विक्रीमा कमी आएको छ ।  यस वर्षको अप्रिल–जुन त्रैमासमा स्मार्टफोन निर्माताहरूले भारतीय बजारमा करीब ३ करोड २४ लाख थान स्मार्टफोन ढुवानी गरेको बजार अनुसन्धाता संस्था क्यानलिसको तथ्यांकले देखाएको छ । यो अघिल्लो तीन त्रैमासको तुलनामा १३ प्रतिशत कम हो ।  फेब्रुअरी र मेको बीचमा भारत कोरोना भाइरसको संक्रमणको दोस्रो लहर नियन्त्रण गर्न क्षेत्रीय लकडाउन गरिएको थियो भने आर्थिक गतिविधिमा पनि अवरोध सृजना भएको थियो । यसका कारण स्मार्टफोनको माग चौपट भएको हो ।  गत वर्षको सोही अवधिको तुलनामा भने समीक्षा अवधिमा स्मार्टफोनको विक्री ८७ प्रतिशतले बढेको छ । गत वर्षको अप्रिल–जुन अवधिमा महामारीका कारण देशभर नै कठोर लकडाउन गरिएको थियो ।   स्मार्टफोन बजारको सबैभन्दा धेरै २९ प्रतिशत हिस्सा चिनियाँ स्मार्टफोन निर्माता साओमीको पोल्टामा छ । समीक्षा अवधिमा साओमीले ९५ लाख थान स्मार्टफोन बेचेको छ ।  भारतीय बजारमा १७ प्रतिशत हिस्सासहित सामसङ दोस्रो स्थानमा रहेको छ । जुन त्रैमासमा सामसङले ५५ लाख थान स्मार्टफोन बेचेको छ । ५४ लाख थान स्मार्टफोन बेचेर भिभो तेस्रो स्थानमा छ । रियलमी र ओप्पो पनि शीर्ष पाँच भित्र छन् ।  सो अवधिमा भारतीय बजारमा कूल १ करोड ४० लाख थान स्मार्टफोन बेचेर चिनियाँ स्मार्टफोन निर्माताहरूले बजारमा आफ्नो प्रभूत्व यथावत् राखेका छन् । एजेन्सी  

सम्बन्धित सामग्री

अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो

काठमाडौं, पुस २९। अमेरिका र भारतमा उपभोक्ता मूल्य वृद्धि (महँगी) दर घटेसँगै नेपाललाई पनि राहत हुने भएको छ । बिहीवार प्रकाशित तथ्यांकअनुसार डिसेम्बरमा भारतमा महँगी ५ दशमलव ७२ प्रतिशतमा झरेको छ । अघिल्लो महीना यो ५ दशमलव ८८ प्रतिशत थियो । अमेरिकामा पनि उपभोक्ता मूल्य वृद्धिदर ६ प्रतिशतबाट घटेर डिसेम्बरमा ५ दशमलव ७ प्रतिशत कायम […]

भारतमा मंगलबार घट्यो कोरोना संक्रमितको दर

एजेन्सी, ३१ जेठ । भारतमा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो अर्थात सोमबारको तुलनामा कोरोना संक्रमितको संख्यामा ठूलो गिरावट आएको छ । स्मरण रहोस्, सोमबार ८ हजार ८४ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयले […]

भारतमा दैनिक संक्रमितको संख्या घट्यो

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई हजार भन्दा कम सङ्क्रमित भएका हिजो दोस्रो दिन भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा तीन लाख ८४ हजार ४९९ को कोरोना परीक्षण गरिएकोमा एक हजार ५४९ मा मात्र कोरोना सङ्क्रमण भएको जनाइएको छ । यद्यपी आइबार मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार एक हजार ७६१ मा यो सङ्क्रमण देखिएको थियो । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको

भारतमा घट्यो कोरोना संक्रमण

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ९२१ जना सङ्क्रमित भएका छन्।

भारतमा बेरोजगारी दर घट्यो

भारतमा गत महिना (जनवरीमा)बेरोजारी दर घटेको एक थिंकट्यांकको तथ्यांकले देखाएको छ । २०२१ मार्चपछि भारतको बेरोजगारी दर ६.५७ प्रतिशतमा पुगेको सेन्टर फर मोनिटरिङ इन्डियन इकोनामी (सीएमआइई)नामक संस्थाले जनाएको छ ।...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्यो

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिले एक लाख ५३ हजार ७७६ जना सक्रिय सङ्क्रमित रहेका पनि मन्त्रालयले जनाएको छ । यो सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.४५ प्रतिशत मात्रै हो । अर्थात हाल सक्रिय सङ्क्रमित यो संख्या सन् २०२० को मार्चपछि सब भन्द

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्यो

काठमाण्डौ – भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमित हुनेको सङ्ख्या फेरि घटेको छ । पछिल्लो २४ घण्टामा १० हजार चार सय २३ जना मात्रै नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  भारतमा अहिले एक लाख ५३ हजार सात सय ७६ जना सक्रिय सङ्क्रमित रहेका पनि मन्त्रालयले जनाएको छ ।  यो सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको शून्य दशमलव ४५ प्रतिशत मात्रै हो । अर्थात अहिले सक्रिय सङ्क्रमितको यो सङ्ख्या सन् २०२० क...

भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ सङ्क्रमित भएको सोमबार जानकारी दिएका छन् । यसअघि झण्डै २० हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले १४ हजार भएकाले घटेको देखिएको हो । भारतमा अहिले एक लाख ६७ हजार ६९५ जना सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या २३९ दिन पछिकै सवैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन् ।भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख

भारतमा घट्यो कोरोना संक्रमितको दर

भारतमा कोरोनाभाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना सङ्क्रमित भएका हुन् । भारतमा ८४ दिनयता दैनिक सङ्क्रमितको संख्या ५० भन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण ३०९ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैसँगै यहाँ कोरोना शुरु भएदेखि हालसम्म यसको सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको कूल संख्या ४ लाख

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घट्यो

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन सार्वजनिक गरिएको विवरणमा भने २८ हजार ५९१ जना नयाँ सङ्क्रमितहरु थपिएको उल्लेख गरिएको थियो ।  त्योभन्दा अघिल्लो दिन शनिबार बिहान भारतमा कोरोनाभाइरसबाट एक