सिरियामा दुई समूहबीच झडप, २५ जना मारिए

सिरिया सरकारप्रति वफादार लडाकू समूह र पूर्वी सिरियाको  अरब जिल्लामा कुर्द नेतृत्वको सेनाबीच भीषण झडप भएको छ।  दुई दिनसम्म भएको झडपमा २५ जनाको मृत्यु भएको युद्ध पर्यवेक्षक एक संस्थाले मङ्गलबार बताएको छ। वासिङ्टनको समर्थन पाएको कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले सोमबार सुरु भएको झडपमा देइर एजोर प्रान्तको धेबान क्षेत्रमा घुसपैठ गरेका बन्दुकधारीहरूलाई परास्त गरेको बताएको छ।यसै महिनाको प्रारम्भमा सोही क्षेत्रमा एसडीएफ र सशस्त्र अरब जनजातिबीच १० दिन झडप भएको थियो।