कसले गर्‍यो उपाध्यक्षको ‘किर्ते’ हस्ताक्षर?

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिकामा यतिबेला बबाल भइरहेको छ। रकम निकासा अघिको योजना अनुगमन समितिको प्रतिवेदनमा उपाध्यक्ष रामप्यारी यादवको हस्ताक्षर ‘किर्ते’ गरिएपछि पालिकामा बबाल भएको हो। पालिका भवनको मुख्य प्रवेशद्वार निर्माणको योजना अनुगमन समितिको प्रतिवेदनमा उपाध्यक्षको किर्ते हस्ताक्षर गरिएको हो। प्रवेशद्वार निर्माण गरिसकेपछि भुक्तानी निकासा मागअघिको फाराममा उपाध्यक्षको किर्ते हस्ताक्षर गरेपछि अहिले रकम निकासा रोकिएको […]