आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल, दर्शक प्रवेशमा रोक

काठमाडौं, बैशाख ७ । नेपालले त्रिकोणात्मक टी–ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले आज खेलिने खेलमा आफ्नो समर्थक बिनानै खेल्नुपर्नेछ । टियू खेल मैदानमा कोभिड( १९ को बढ्दो असरलाई कम गर्न नेपाल सरकारको दर्शकसहितको खेलकूद गर्न नपाइने आदेशसँगै त्रिकोणात्मक सिरिजमा दर्शक प्रवेशमा रोक लगाइने भएको हो […]