दशैँको नवरात्रिमा पुजिने नवदुर्गा

प्रेममान डंगोल नेपालीहरुको ठूलो चाड दशैँ नेवार मौलिकताले भरिएको चाड हो । जमरा राख्ने दिनदेखि नौ दिनसम्म मनाइने नवरात्रिका नवदुर्गा भवानीको अत्यन्तै ठूलो मूल्य–मान्यता रही आएको छ । यो नवरात्रिको समयमा नवदुर्गा भवानीका विभिन्न शक्तिपीठमा पूजा गरी बलि दिएर शास्त्रोक्त र तान्त्रिक विधिअनुसार आराधना गर्ने चलन छ । बिहान उज्यालो नहुँदै, परम्परागत सांस्कृतिक बाजा बजाएर […]

सम्बन्धित सामग्री

जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा सुरु (फोटो फिचर)

काठमाडौंको जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा सुरु भएको छ । भक्तपुर नगरको ऐतिहासिक महत्त्व बोकेको जीवित रुपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको जात्रा सुरु भएको छ ।

बडादसैँमा पुजिने नवदुर्गा

बडादसैँ हामी हिन्दूहरूको महान् पर्व हो । असत्यमाथि सत्यको विजयका रूपमा यस पर्वलाई लिइन्छ । यो पर्व मातृशक्तिको पूजन हुने एकमात्र प्रमुख पर्व हो । हामी मातृशक्तिका रूपमा महाकाली, महालक्ष्मी र महासरस्वतीलाई लिन्छौँ । विजयादशमी शक्ति उपासनाको महान् पर्व हो । यस पर्वलाई नवरात्र पनि भनिन्छ । यस नवरात्रमा विभिन्न नवदुर्गाको पूजाअर्चना गरिन्छ । यस […]

देवगणको मुकुण्डो तयार पार्दै ७५ वर्षीय चित्रकार [तस्बिरहरु]

भक्तपुरको याछेँ ६ स्थित ७५ वर्षीय पूर्ण चित्रकार नवदुर्गा देवगणको मुकुण्डो तयार पारिरहेका छन् । जीवित देवताको रुपमा पुजिने भैरव, महाकाली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महेश्वरी, वैष्णवी, बालकुमारी, श्वेतभैरव, सिंह र दुम्ह गरी १३ देवीदेवताका मुकुण्डो उनले बनाउँदै आएका छन् । हरेक वर्ष घण्टाकर्णको दिनदेखि मुकुण्डो बनाउन सुरु गर्छन् र दसैंको नवमीमा सक्छन् । एउटा मुकुण्डोको तौल पाँच किलोदेखि ६ किलोसम्म हुन्छ ।

तस्बिर : बिजु महर्जन