प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका शीर्ष नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । बिहीबार बिहान १० बजे प्रधानमन्त्री ओलीलाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला जाने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।कोभिड १९ नियन्त्रण तथा रोकथाममा सरकारको ध्यानाकर्षण गर्न प्रधानमन्त्रीलाई भेट्न लागिएको उनले बताए । कोभिड १९ अनुगमन समितिका संयोजक महतले भने, हाम्रो कोभिड १९ अनुगमन समितिले सातै प्रदेश