अख्तियारका कर्मचारीको महेन्द्रनगरमै बास, ३५ जनासँग बयान

 कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्रको जग्गा हिनामिनाबारे अख्तियारले छानबिन गरिरहेको छ । महेन्द्रनगर बजार क्षेत्रको ६३८ बिगाहा जग्गामध्ये अहिले ६५ बिगाहा जग्गा मात्र बाँकी  छ । ५७३ बिघा सरकारी जग्गा कहाँ हरायो भनेर अख्तियारले खोजी थालेको छ ।सरकारले २०३५ सालमा नगर विकास समितिलाई व्यवस्थापन गर्न दिएको बजार क्षेत्रको ५ सय ७३ बिगाहा जग्गा अनियमित तरिकाले वितरण गरिएको भन्दै आयोगमा उजुरी परेको छ ।२०३५ सालमा कञ्चनपुर नगर विकास समिति गठन भएसँगै समितिले जग्गा व्यवस्थापनको