बोहोराटारको निश्कर्ष : संस्थापनइतरबाट प्रकाशमान ‘रिङ आउट’ हुने

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि संस्थापन इतर पक्षबाट एकल उम्मेदवार तय गर्न असफल  भएपछि सो समूहबाट नेता प्रकाशमान सिंह ‘रिङ आउट’ हुने भएका छन् । संस्थापन इतर भनेर चिनिएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष समूहबाट एकल उम्मेदवार तय गर्न भएको पटक–पटकको प्रयासमा नेता सिंह सहमतिमा नआएपछि पौडेल समूहबाट सिंह आउट हुने भएका हुन् । नेता सिंहले आफू सभापतिको उम्मेदवारी दिनबाट पछि नहट्ने भन्दै तयारी समेत थालेका छन् । यो समूहबाट सुरुमा रामचन्द्र पौडेल, डा. शेखर कोइराला,