काठमाण्डाै - मत गणना स्थगित भएको उदयपुर-१ र सुनसरी-४ मा अझै विवाद समाधान भएको छैन । उदयपुर-१ मा हिजो बिहान साढे १० बजेदेखि गणना स्थगित छ भने सुनसरी-४ मा अस्ति बेलुका सवा ६ बजेदेखि गणना हुनसकेको छैन । विवाद मिलाउन सर्वदलीय बैठक बसे पनि निकास निस्कन सकेको छैन ।
उदयपुर-१ मा कांग्रेसका डाक्टर नारायण खड्का र एमालेकी मञ्जुकुमारी चौधरीबीच मुख्य प्रतिस्पर्धा छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाका सयभन्दा बढी मतपत्र भेटिएपछि नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्याल...