प्रहरी समायोजनको माग गर्दै संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले गरेको धर्ना स्थगित

जनकपुरधाम : मधेश प्रदेश सरकारले प्रहरी समायोजनको माग गर्दै संघीय सरकारविरुद्ध तीन दिनदेखि गर्दैआएको धर्ना कार्यक्रमलाई स्थगित गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा धर्ना कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए। मंगलवार मधेश प्रदेश प्रमुखको नीजि सचिवालयको कार्यालय परिसरमै धर्ना स्थलमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री राउतले जानकारी गराएका हुन्।…