राष्ट्रियसभामा नागरिकता विधेयकमाथि दफावार छलफल सुरु

काठमाडौं :  राष्ट्रियसभामा नागरिकता विधेयकमाथिको दफावार छलफल सुरु भएको छ। दिउँसो २ बजे सुरु भएको आजको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विधेयकमाथि दफाबार छलफल गरियोस भन्ने प्रस्ताव  स्वीकृत भएसँगै छलफल अघि बढेको हो।अहिले संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधन प्रस्तावमा धारणा राखिरहेका छन्।राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले ठूलो भूगोल र जनसंख्या रहेका छिमेकी मुलुक रहेको नेपालको नागरिकता विधेयक खुकुलो हुँदा भोलि के होला ? भनेर प्रश्न गरे। साथै