मिथिला क्षेत्रमा अन्नकुट पर्व मनाइँदै

जनकपुरधाम : कात्तिक शुक्लपक्ष प्रतिपदा तिथिका दिन जनकपुरधामसहित मिथिला क्षेत्रमा आज अन्नकुट पर्व धूमधामका साथ मनाइँदै छ।यस पर्वमा जनकपुरधामका मठ मन्दिरहरूमा ५६ प्रकारका व्यञ्जन (खानाका परिकार)हरू तयार पारेर भगवानलाई अर्पण गरी आज राति प्रसादको रुपमा सर्वसाधारणलाई अन्नकुटको प्रसाद खुवाउने चलन रहेको छ।जनकपुरधामको सीताकुण्डमा २०३२ साल देखि नै भव्य रुपमा अन्नकुट पर्वको आयोजना गर्दै आएको मन्दिरका महन्थ एवं श्रीरामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका रामनरेश उपाध्यायले जानकारी दिए।जनकपुरधाम