हेलिप्याड छैन, मन्त्रीको नजर हेलिकप्टर खरिदमा

विपद् प्रभावितलाई आपतकालीन उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने कार्यक्रम अलपत्र रहेका बेला प्रदेश १ मा हेलिकप्टर खरिद प्रक्रिया शुरू भएको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले केही दिनअघि पत्रकार सम्मेलन गरी विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने हेलिकप्टर खरिदका लागि प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिएका थिए । संघीय सरकारले नै इटहरीको पूर्वी पृतनामा एउटा हेलिकप्टर राखेको छ । आपतकालीन उद्धार तथा राहतका लागि भनेर उक्त हेलिकप्टर राखिएको हो । संघीय सरकारसँगको समन्वयमा उक्त हेलिकप्...