२ नम्बर प्रदेशका स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन कांग्रेस महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री विमलेन्द्र निधि अहिले गोप्य बैठकमा ब्यस्त छन्। कांग्रेसका सूचना अधिकारी केशव रिजालका अनुसार पार्टीकै निर्देशन अनुसार दुई नेता उम्मेद्वार छान्न गोप्य मिटिङमा बसेका हुन्। ‘पार्टीको निर्देशन अनुसार दुई नेता उम्मेद्वार छनोट गर्न गोप्य छलफलमा व्यस्त हुनुहुन्छ,’ उनले भने। उनीहरूले छलफल सकेपछि…