गृह मन्त्रालयले कोेरोना भाइरसबाट सङ्क्रमित नागरिकको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण तथा उपचारमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरू अहोरात्र खटिइरहेको अवस्थामा केही उच्छृङ्खल व्यक्ति तथा समूहबाट धम्की र अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।