कोरोनाका कारण बढेको भर्चुअल गतिविधिले इन्टरनेट ब्यान्डविथ आयातबापत नेपालबाट बाहिरिने रकम बढेको छ । अघिल्ला वर्षमा वार्षिक औसत दुई अर्ब रुपियाँ ब्यान्डविथ आयातबापत विदेशिने गरेकामा कोरोना सङ्क्रमणयता सात महिनामै त्यसकै हाराहारी पुगेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत २०७६ चैतदेखि २०७७ असोजसम्म एक अर्ब ८२ करोड रुपियाँ ब्यान्डविथ आयातमा खर्च भएको छ । कोरोना सङ्क्रमणका नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण भर्चुअल गतिविधि बढेको समय पनि यही नै हो ।
जब कि २०७५ चैतदेखि २०७६ असोजसम्म ब्यान्डविथ आयातबापत ए...