उदयपुर, २ मंसिर । उदयपुरको गाईघाटको ताप्ली गाउँपालिका मजदुर लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १९ जना घाइते भएको प्रहरीले जनाएको छ । मदन भण्डारी लाकमार्ग अन्तर्गत उदयपुरगढी–६ दनुवारबेसीमा ८ बजेर ५० मिनेटमा ट्याक्टर दुर्घटना हुँदा त्रियुगा नपा–९ का गैरुनका ४० वर्षीय बौका सदाको मृत्यु भएको हो […]