विश्व टेस्ट च्याम्पियनशिप : पहिलो पारीमा इङ्ग्ल्यान्डविरुद्ध भारतकाे ९५ रनको अग्रता

काठमाण्डौ - विश्व टेस्ट च्याम्पियनशिप अन्तर्गत इङ्ग्ल्यान्डविरुद्ध भारतले पहिलो पारीमा ९५ रनको अग्रता लिएको छ ।  नटिङ्घममा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ग्ल्यान्डले पहिलो पारीमा १ सय ८३ रनमा रोकेको थियो।  त्यसपछि पहिलो पारीमा भारतले २ सय ७८ रन बनाउँदा ९५ रनको अग्रता लियो । भारतका लागि रोहित शर्मा र केएल राहुलले मध्यम सुरुवात गरेका थिए । पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दा रोहित शर्मा ३६ रन बनाएर आउट भए । लगत्तै चेतेश्वर पुजारा व्यक्तिगत ४ रन बनाएर पभेलियन फर्किएका थिए । लगत्तै कप्तान कोहली पनि पहि...