काठमाडौँ, ३० वैशाख: एम्नेस्टी इन्टरनेसनलले दक्षिण एसियाका सरकारहरूले स्वास्थ्य सेवासम्बन्धी अभावहरूलाई तत्काल संबोधन गरी यस क्षेत्रमा कोभिड–१९ को तीब्र सङ्क्रमणविरुद्ध प्रतिकार्यका लागि अति शीघ्र स्वास्थ्य प्रणालीलाई सुदृढ पार्नुपर्ने जनाएको छ । सो संस्थाले आज वक्तव्यमार्फत कोरोना सङ्क्रमण महामारीलाई भारत र नेपालको स्वास्थ्य प्रणाली धान्न नसक्ने विन्दुमा पुगेको भन्दै दक्षिण एसियाका अन्य देशहरूमा देखिएको तयारीपनको अभावप्रति […]